आगलागीमा घरसहित सबै सर-सामान जलेर भष्म, विधायक खगेश्वरद्वारा पिडित परिवारलाई सहयोग

राजगञ्ज (निसं): राजगञ्जमा एउटा घरमा आगो लागेपछि घरका सबै सर-सामानसहित एउटा मोटर बाइक जलेर भष्म भएको छ। घटनाको खबर पाएर आज रायगञ्जका विधायक खगेश्वर रायले घटनास्थलको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार, राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायत अन्तर्गत पाथरघाटा गाउँ निवासी अमूल्य दासको घरमा बिहिबार बेलुकी आगो लाग्यो। घटनाको खबर पाएर फूलबाड़ीबाट दमकलको गाड़ी घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्यायो। तथापि त्यति बेलासम्म आगोले घरसहित सम्पूर्ण सर-सामान जलेर भष्म भइसकेको थियो। आज विधायक खगेश्वर रायले घटनास्थलमा पुगेर निरीक्षण गरे। यसको साथै तिनले पिडित परिवारलाई आर्थिक सहयोग लगायत तिरपाल अनि कम्बल पनि प्रदान गरेका छन्। पिडित परिवारलाई पुनर्वासको लागि सहयोग गर्ने विधायकले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *