आग्नेयास्त्र, धारिलो हतियार सहित 4 जना पक्राउ

जलपाईगढी :  जलपाईगढी कोतवाली थाना पुलिसले आग्नेयास्त्र, धारिलो हतियार सहित 4 जना बदमासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा तोतन दास, शुभङ्कर राय, सोमनाथ दास र शुभम राउत सामेल छन्।


राजबारी पोखरी संलग्न इलाकामा डकैती गर्ने उद्देश्यले केही दुष्कृतिहरू भेला भएको गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर 4 जना दुष्कृतिलाई पक्राउ गरे तापनि अन्य केही दुष्कृतिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनास्थलबाट एउटा आग्नेयास्त्र, कार्तुस र धारिलो हतियार उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *