आग्नेयास्त्रसहित दुईजना पक्राउ

माथाभाङ्गा : गोप्य सूचनाको आधारमा माथाभाङ्गा थाना पुलिसले अभियान चलाएर आग्नेयास्त्रसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू अब्दुल आमिन र आनोयार हुसेनको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारीअनुसार आज भुकभुके उज्यालोमा कुशामारी बजार इलाकामा पुलिसले अभियान चलाएर आग्नेयास्त्रसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीहरूबाट एउटा 9 एमएम पिस्तोल उद्धार गर्नको साथै एउटा वाहन पनि जफत गरेको छ। आज आरोपीहरूलाई अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *