आग्नेयास्त्र सहित भू-माफिया वाजेद अली शेख पक्राउ

सिलगढी : आग्नेयास्त्र सहित भू-माफिया वाजेद अली शेखलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरेर 14 दिनको पुलिस हिरासतमा पठाएको छ। धेरै दिन अघिदेखि गैर सरकारी जमिन दखल, ठगी आदि जस्ता मामिलामा लिप्त रहेकोले तिनीविरुद्ध सिलगढीको विभिन्न थानामा अभियोग दर्ता गरिएको थियो। प्राप्त जानकारी अनुसार वाजेद अली सिलगढी हैदरपाडाको मेघलाल सरणी निवासी हुन् भने तिनले धेरै दिन अघिदेखि जमिनको व्यवसाय गर्दै आइरहेका थिए। विभिन्न थाना लगायत एनजेपी थानामा तिनीविरुद्ध 4 वटा मामिला दर्ता गरिएको छ। गत दुई वर्षदेखि तिनी पुलिसको आँखा छलेर भागिरहेका थिए भने एनजेपी थाना पुलिसले हिजो साँझ शक्तिगढबाट मूल्यवान वाहन, एउटा आग्नेयास्त्र सहित तिनलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.