आग्नेयास्त्रसहित भू-माफिया श्याम यादव र लालटु यादव पक्राउ

सिलगढी : मुख्यमन्त्रीको निर्देशपछि सिलगढी मेट्रोपोलिटन पुलिसले भू- माफियाविरुद्ध अभियान चलाएर 24 घण्टाको अवधिमा मेट्रोपोलिटनको 6 वटा थानाका पुलिसले 7 जनालाई पक्राउ गरेको छ। यसै क्रममा प्रधान नगर थाना पुलिसले सिलगढीको रेगुलेटेड मार्केटबाट 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। तीमध्ये श्याम यादवलाई अवैध रूपमा आग्नेयास्त्र राखेको अनि लालटु यादवलाई जमिनको मामिलामा पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार 2018 मा केही जमिनहरूमा अवैध रूपमा वसुली गरेको मामिलामा ती दुईजना व्यक्तिलाई पक्राउ गरेको थियो। जेलबाट रिहा भएपछि ती दुईले फेरि जमिनमा अवैध दखल, बिक्री तथा अवैध हतियारको कारोबार शुरू गरेका थिए।


प्रधान नगर थाना पुलिसले गत राति रेगुलेटेड मार्केटमा श्याम यादव आग्नेयास्त्र लिएर घुमफिर गरिरहेको गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर श्याम यादवलाई आग्नेयास्त्र, एक राउण्ड जिउँदो कार्तुससहित पक्राउ गरेको बताइएको छ। अर्कोतिर, प्रधान नगर थाना पुलिसले अभियोगको आधारमा भू-माफियाको रूपमा परिचित लालटु यादवलाई पनि पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *