आग्नेयास्त्रसहित दुईजना युवक पक्राउ

सिलगढी : डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-को टोलीले सिलगढीको खप्रैल मोड़बाट आग्नेयास्त्रसहित 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू मतिगढा संलग्न सैनिकपुरी इलाका निवासी क्रमैले रणधीर चन्द्रा र धीरेन्द्र चन्द्राको रूपमा चिन्हित गरिएको छ। डीडी सूत्रले दिएको जानकारी अनुसार सहरमा हतियारको किनबेच हुने गोप्य सूचना पाएपछि आज बिहान मतिगढा इलाकामा अभियान चलाएर दुईजना युवकलाई सन्देहको आधारमा  खप्रैल मोड़बाट रोकेर छानबीन गर्दा एउटा 7.5 अटोमेटिक बन्दूक, दुईवटा म्यागजीन र चारवटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। यसपछि ती दुई युवकलाई पक्राउ गरेर डीडीले कार्वाही शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *