आग्नेयास्त्रसहित दुईजना जयगाउँबाट पक्राउ

जयगाउँ : गणतन्त्र दिवसको एक दिन अघि एसएसबी 53औँ बटालियनले गोप्य सूचनाको आधारमा भारत भुटान सीमा क्षेत्रमा पर्ने जयगाउँबाट आग्नेयास्त्रसहित दुईजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एसएसबीका जवानहरूले पक्रा परेका मालदा निवासी सजल अली र असरफ अलीबाट 2 वटा 7.62 एमएम पिस्तोल, 3 वटा म्यागजिनलगायत 13 वटा जिउँदो कार्तुस उद्धार गरेको छ। एसएसबी 53औँ बटालियनका कमान्डेन्ट अरविन्द कुमारले दिएको जानकारीअनुसार पक्रा परेका यी दुई युवकसहित आग्नेयास्त्रहरू जयगाउँ पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *