आग्नेयास्त्र सहित दुईजना पक्राउ

इस्लामपुर : दालखोला पुलिसले हिजो आग्नेयास्त्रसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज आज इस्लामपुर महकुमा अदालतमा पेश गर्यो। पक्रा परेकाहरू एकजना दालखोलाको विधानपल्ली निवासी अनि अन्य एकजना बिहारको बसन्त इलाका निवासी हुन्। प्राप्त जानकारीअनुसार पुलिसले हिजो निचितपुर इलाकामा अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीबाट एक राउण्ड कार्तुस, एउटा आग्नेयास्त्र लगायत 82 हजार नगद रुपियाँ उद्धार गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *