आग्नेयास्त्रसहित दुईजना युवक पक्राउ

सिलगढी : एनजेपी पुलिसले आग्नेयास्त्रसहित दुईजना बदमासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू फुलेश्वरी निवासी क्रमैले वरुण दास उर्फ लब र पल्टु दत्तको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति उक्त दुई युवक नौकाघाट संलग्न महानन्दा नदीको किनारमा आपराधिक गतिविधिलाई अन्जाम दिने उद्देश्यले भेला भएका थिए। गोप्य सूचनाको आधारमा पुलिसले उक्त इलाकामा अभियान चलाएर एउटा देशी पिस्तोल र एउटा जिउँदो कार्तुससहित उक्त दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुईजना आरोपीविरुद्ध पहिलादेखि नै विविध असामाजिक गतिविधिमा संलग्न रहेको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *