आग्नेयास्त्रसहित एकजना पक्राउ

सिलगढी एनजेपी थाना पुलिसले देशी पिस्तोल र एक राउण्ड जिउँदो कार्तुससहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सिलगढीको सूर्यसेन कोलनी निवासी अजय दे-को रूपमा सामेल छन्।


प्राप्त जानकारीअनुसार हिजो न्यु जलपाईगढी स्टेशन संलग्न इलाकाबाट पुलिसले एउटा देशी पिस्तोल र एक राउण्ड जिउँदो कार्तुससहित अजयलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्ति विरुद्ध अगावै धेरैवटा मामिला दर्ता रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *