आग्नेयास्त्रसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले नाका चेकिङ अवधि फुलबारीको मर्डर मोडबाट आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरेर 10 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेका युवक फालाकाट बासिन्दा मिठुन रायको रूपमा चिन्हित गरिएको छ। एसीपी ईष्ट सुरिन्दर सिंहले आज एनजेपी थानामा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार हिजो शनिबार एनजेपी थाना पुलिसले नाका चेकिङ अवधि मिठुन राय नामक एकजना युवकबाट एउटा पिस्तोललगायत 3 राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *