आग्नेयास्त्र सहित युवक पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक जलपाईगढीको कोतवाली थाना अन्तर्गत बारोपाटिया इलाका निवासी 32 वर्षीय सुमन्त रायको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति राजगञ्ज थाना पुलिसले गोप्य सूचनाको आधारमा चेउलीबारी-गजलडोबा क्यानल रोड फकटिया मोडमा अभियान चलाएर उक्त युवकलाई रोकेर छानबीन गर्दा आग्नेयास्त्र, एक राउन्ड कार्तुस उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *