आग्नेयास्त्र उद्धार मामिलालाई लिएर भाजपा र तृणमूल नेताहरूमाझ आरोप प्रत्यारोप

सिलगढी : हालै सिलगढीको इस्टर्न बाइपास संलग्न इलाकाको केही ठाउँहरूमा आग्नेयास्त्रसहित दुष्कृतिहरूलाई पक्राउ गर्नको साथै पञ्चानन रोडको एउटा घरबाट दुईवटा बम उद्धार गरिएको घटनालाई लिएर राजनैतिक माहौल गर्मिएको छ। भाजपा प्रार्थीहरूको समर्थनमा भाजपा राज्य महासचिव सायन्त बसुले आज सिलगढी सहरमा चुनाउ प्रचार अवधि तृणमूलमाथि कटाक्ष कस्दै तृणमूलका दुष्कृतिहरू यी घटनामा संलग्न रहेको आरोप लगाए। यदि तृणमूल नेताहरूको घरमा छानबीन गरे तिनीहरूको घरबाट ईभीएम मसिन उद्धार हुने तिनले दावी गरे। अर्कोतिर, दार्जिलिङ जिल्ला तृणमूल प्रवक्ता वेतब्रत दत्तले सायन्तन बसुको टिप्पणीको विरोध गर्दै तिनलाई पगलाको संज्ञा दिए। यसको साथै तिनले भाजपा नेताहरूको घर तथा वाहनहरूमा यदि छानबीन गरियो भने आग्नेयास्त्र र ईभीएम मसिनहरू उद्धार हुनेछ भनी उल्टो आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *