आगो लाग्दा चिया दोकान जलेर खरानी

राजगञ्ज : राजगञ्ज ब्लकको जोटियाकाली मोड संलग्न इलाकास्थित एउटा चिया दोकानमा आगलागी हुँदा दोकान जलेर स्वाहा भएको छ। चिया दोकाने सपिकुल हकले बताएअनुसार हिजोरी राति लगभग 9 बजी दोकान बन्द गरेर तिनी घर गए। यसपछि राति 11 बजी आफ्नो दोकानमा आगो लागेको खबर पाएपछि तत्कालै घटनास्थलमा पुगेर हेर्दा आगोको चपेटमा परेर दोकान सहित दोकान राखेको सर-समान सबै नष्ट भएको तिनले बताए।


चिया दोकान चलाएर आफू लगायत परिवारको भरण पोषण गर्ने भएकोले अब कसरी घर संसार चलाउने भन्ने विषयले तिनी चिन्तित बनेका छन्। उक्त आगलागीमा मोठ लगभग 30 हजार रुपियाँको क्षति भएको तिनले बताए। आगलागीबारे न्यु जलपाईगढी पुलिसलाई खबर दिएपछि पुलिस घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *