आगो लाग्दा वाहन जलेर भष्म

सिलगढी : सिलगढीको नर्थ कोलनी इलाकामा एउटा वाहनमा आगो लागेर पूर्ण रूपले जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान 10 बजी उक्त आगलागी भएको हो। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए तापनि त्यस समयसम्म वाहन जलेर खरानी भइसकेको थियो। के कारणले गर्दा उक्त वाहनमा आगो लाग्यो भन्नेबारे हालसम्म थाहा लागेको छैन। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *