आगो लागेर 2 वटा वाहन स्वाहा

सिलगढी : सिलगढीको पीसी मित्तल बस स्ट्यान्ड नजिक डनबस्को कोलनी परिसरमा राखिएको दुईवटा कारमा आज बिहान लगभग 6.30 बजी आगो लागेर डढ्यो। प्राप्त जानकारीअनुसार उक्त दुईवटा गाडी पुरानो बिग्रिएको अवस्थामा विगत केही दिनदेखि राखिएको थियो भने उक्त आगलागीमा कसैलाई कुनै प्रकारको क्षति नपुर्‍याएको बताइएको छ। डाबग्राम फायर स्टेशन सालुगढाको एउटा अग्निशमनको वाहन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *