आगोले जलेर वृद्ध दम्पत्तीको मृत्यु

सिलगढी : जाडोमा आगो तापिरहेको समय वृद्ध दुई दम्पत्तीको आगोमा जलेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना 2 नम्बर फुलबारी अञ्चलको पूर्वधलार जयनगर कलोनीमा घटेको हो। प्राप्त जानकारीअनुसार वृद्ध रोहित प्रसाद राय र तिनको स्वास्नी द्रोपदी राय सोमबार राति आगो तापिरहेको समयमा अचानक आगो लागेर तिनीहरूको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर छिमेकीहरू घटनास्थलमा पुगेर आगो निभ्याउने प्रयास गरे तापनि ती दुई दम्पतिलाई बचाउन सकेनन्। एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुई दम्पतिको शव उद्धार गरेर पोस्मार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *