आगोले जलेर सासु- बुहारीको मृत्यु  

मालदा :  गाजोल थाना अन्तर्गत रानीगञ्ज इलाकमामा आगोले जलेर सासु र बुहारीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मर्नेहरूमा सासू 45 वर्षीय चम्पा रानी विश्वास अनि बुहारी 21 वर्षीय पिन्की विश्वास सामेल छन्। सूत्र अनुसार बुधवार राति दुवै सासु र बुहारी मिलेर दाउराको चुल्हामा खाना पकाइरहेका थिए। यस अवधि अचानक पिन्कीको साड़ीमा आगो लागेपछि तिनलाई बचाउने प्रयास गर्दा सासु पनि आगो लागेर जले। यसपछि परिवारका सदस्यहरूले तिनीहरू दुवैलाई गम्भीर अवस्थामा अस्पतालमा पुऱ्याए तापनि अबेर राति पिन्कीको मृत्यु भयो भने आज बिहान उपचाराधिन अवस्थामा नै सासु चम्पा रानी विश्वासको पनि मृत्यु भएको बताइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *