आगोमा जलेर 62 वर्षीय वृद्धाको मृत्यु

राजगञ्ज:  आगोले जलेर एकजना 62 वर्षीय वृद्धा बेवती मोहन सिंहको मृत्यु भएको छ। उक्त घटना उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज 1 नम्बर वार्डस्थित काशीबाटी लोकनाथ मन्दिर संलग्न इलाकामा भएको हो। सूत्र अनुसार बुधवार साँझ उक्त वृद्धा घरमा एक्लै थिइन्। त्यसै समय स्थानीय मानिसहरूले तिनको घऱमा आगो लागेको देखेपछि यसबारे अग्निशमन विभागलाई जानकारी दिएपछि दमकल विभागको इञ्जिन घटनास्थलमा पुग्यो। तथापि यसभन्दा अगावै वृद्धा बेवती मोहन सिंहको आगोको चपेचमा परेर मृत्यु भइसकेको थियो। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाइ दिनको साथै घटनाको जाँच शुरू गरेको छ।  


 

 


 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *