आज आठौँ चरणको मतदान कठोर सुरक्षा व्यवस्थाबीच जारी

कोलकाता : राज्यमा बढ्दो कोरोना संक्रमितहरूबीच आज आठौँ अर्थात् अन्तिम चरणमा 35 वटा आसनमा बिहानैदेखि कठोर सुरक्षा व्यवस्थाबीच मतदान सम्पन्न भइरहेको छ। आज मतदान भइरहेको विधानसभा आसनहरूमा क्रमैले उत्तर कोलकाता, वीरभूम, मालदा र मुर्शिदाबाद सामेल छन्। बङ्गालमा आठौँ चरणको मतदानको लागि मोठ 6 सय 41 कम्पनी केन्द्रीय वाहिनी विभिन्न मतदान बुथहरूमा तैनाथ गरिएको छ। चुनाउ आयोग सूत्रअनुसार मतदान अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् तथा चुनाउ निष्पक्ष गराउने उद्देश्य लिएर कोलकाताको मतदान बुथमा मात्र 95 कम्पनी, वीरभूममा 224, मालदामा 110, मुर्शिदाबादमा 212 कम्पनी केन्द्रीय वाहिनी तैनाथ गरिएको छ। प्राप्त जानकारी अनुसार आज सम्पन्न भइरहेको मतदानमा वीरभूममा मोठ 3 हजार 9 सय 8 वटा बुथ, मालदामा 273 बुथ, मुर्शिदाबादमा 3 हजार 7 सय 96 वटा बुथ, कोलकातामा 283 वटा बुथ रहेको छ। यसबाहेक मालदाको 11 सय 28 बुथ, मुर्शिदाबादको 18 सय 62 वटा बुथ, कोलकाताको 8 सय 85 वटा र वीरभूमको 18 सय 98 बुथलाई संवेदनशील बुथको रूपमा चिन्हित गरिएको छ। यसैगरी, आठौँ चरणको मतदानमा आज मोठ 24 जना जेनरल अबजर्भर तथा एक्सपेनडिचर अबजर्भर 9 जना र पुलिस अबजर्भर 9 जनालाई खटाइएको छ। राज्यका राज्यपाल जगदीप धनखडले पनि आज आफ्नो विधानसभा आसनको बुथमा गएर पत्नीसँग मतदान गरे। आज बिहान 7 बजीदेखि शुरू भएको मतदानपछि हालसम्म सामान्य छुटपुट घटनाहरूबाहेक ठुलो कुनै अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन। यी सबै आठ चरणमा सम्पन्न भएको मतदानको परिणामको घोषणा आगामी 2 मईको दिन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *