आज छठपुजा, फुलबारी महानन्दा ब्यारेजमा छठघाटको तयारी युद्धस्तरमा

राजगञ्ज : फुलबारी महानन्दा ब्यारेजमा जोडतोड छठपुजा घाटको तयारी चलिरहेको छ। अब केही घण्टापछि छठपुजाको आयोजना गरिन्छ। विभिन्न ठाउँहरूमा झैँ यता सिलगढी संलग्न फुलबारी महानन्दा ब्यारेजमा पनि जोडतोडले अस्थायी रूपमा छठघाटको निर्माण कार्य चलिरहेको छ। छठघाट तयार गर्नमा व्यस्त रहेका रोहित साहाले बताएअनुसार फुलबारी महानन्दा नदी किनारमा छठघाटको तयारी गरिरहेका छौँ। उक्त इलाकामा लगभग 200 जना मानिसहरूले छठपुजाको लागि घाट तयारी गरिरहेका छन्। ग्राम पञ्चायतको तर्फबाट छठघाटहरूमा बिजुलीबत्तीको व्यवस्था गरिदिएको छ। आज साँझदेखि छठव्रतीहरू लगायत धेरै संख्यामा मानिसहरूको भीड देखिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *