भोलिदेखि 7 दिनसम्म फुलेश्वरी बजार बन्द, व्यवसायीहरूद्वारा क्षोभ प्रकट

सिलगढी : सिलगढीको फुलेश्वरी बजार भोलि अर्थात् सोमबारदेखि आगामी 7 दिनसम्म बन्द रहनेछ। स्वास्थ्य तथा प्रशासनिक अधिकारीहरूसित हिजो एउटा बैठक गरेर सिलगढी नगरनिगमका प्रशासक गौतम देवले उक्त निर्णय लिएको बताए। यसको साथै सिलगढी नगरनिगमले हप्तामा एक दिन विभिन्न बजारहरू बन्द राख्ने निर्णय लिएको बताइएको छ। भोलिदेखि 7 दिनसम्म फुलेश्वरी बजार बन्द रहने भएकोले व्यवसायीहरू चिन्तित बन्न पुगेका छन् भने के कारणले गर्दा उक्त बन्द बोलाइएको भन्ने त्यहाँका व्यवसायीहरूले प्रश्न चिन्ह खड़ा गरेका छन्। एकजना व्यवसायी विष्णु मालतीले भोलिदेखि 7 दिनसम्म फुलेश्वरी बजार बन्द राख्नेबारे अगावै आफूहरूलाई जनाउनु उचित थियो। यसले गर्दा हामीलाई धेरै क्षति हुने तिनले बताए। अर्कोतिर, फुलेश्वरी बजारका सचिव सञ्जय पालले हिजो राति आफूले अचानक सोमबारदेखि 7 दिनको लागि बजार बन्द हुनेबारे थाहा पाए। के कारणले गर्दा बजार बन्द राखिएको भन्नेबारे आफूलाई केही थाहा नभएको तिनले बताए। उक्त क्षेत्रमा 10-15 दिन अघि कोरोना संक्रमितहरूको सङ्ख्या बढेको थियो भने हाल बिस्तारै स्वाभाविक भए तापनि किन यसरी बजार बन्द राख्ने निर्णय लिएको हो भन्दै तिनले प्रश्न चिन्ह खड़ा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *