आजदेखि कुचबिहारको राजबाडी बन्द

कुचबिहार : कोरोना भाइरसको बढ्दो प्रकोपले गर्दा आजदेखि पर्यटकहरूको लागि कुचबिहार राजप्रसाद राजबाडी बन्द गरिदिएको छ। प्रत्येक दिन हजारौँका संख्यामा देशका विभिन्न ठाउँहरूबाट पर्यटकहरू राजबाडी घुम्न आउने गर्दछन्। कोरोनाको आतङ्कको कारण आजदेखि राजबाड़ी बन्द गरिदिएकोले गर्दा यहाँ  घुम्न आएका धेरैजना पर्यटकहरू फर्किएको बताइएको छ। यसको साथै कुचबिहारको विभिन्न पार्कहरू पनि आजदेखि बन्द गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *