आजदेखि खोलियो टिस्टा, मल्ली र रम्फु क्षेत्रका प्राथमिक पाठशालाहरू  

मल्ली (निसं): प्राकृतिक आपदापछि हालसम्म बन्द अवस्थामा रहेको जीटीए क्षेत्र अन्तर्गत पर्ने कालेबुङ जिल्लाको टिस्टा, मल्ली र रम्फु क्षेत्रका प्राथमिक पाठशालाहरू आजदेखि खोलिएको छ। हिजो जीटीएको डेपुटी चेयरम्यान तथा प्राथमिक शिक्षा बोर्डका प्रमुख राजेश चौहान लगायत एउटा टिमले बाढ़ी प्रभावित टिस्टा, मल्ली र रम्फु क्षेत्रका प्राथमिक पाठशालाहरूको भ्रमण गरेर आज सोमबादेखि पाठशालाहरू खोलाउने पहल गरेका थिए। जसको फलस्वरूप आजदेखि बाढ़ प्रभावित टिस्टा, मल्ली र रम्फु क्षेत्रका पाठशालाहरू खोलिएको छ। पाठशालाहरू खोलिएपछि आज नानीहरूका पठन-पाठनको लागि आवश्यक सर-सामानहरू पनि जीटीए मार्फत वितरण गरिएको छ। विशेष गरेर नानीहरूलाई चाहिने किताब, खाता, पेन्सिल लगायत अन्य सर-सामानहरू वितरण गरिएको छ भने विद्यार्थीहरूका लागि स्कूलको पोशाकहरू सिलाउन स्कूलमैं टेलरहरू बिहानैदेखि आएर नापजोख गरेको जानकारी प्राप्त भएको छ। आजको भ्रमणमा डुपेटी चेयरम्यानसित कार्यकारी निर्देशक एम मदाक, कालेबुङका डीआई सयद मोमिनिर रहमान, पीआरओ कालेबुङ अनुप छेत्री लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। यस अवधि पत्रकारहरूसित कुराकानी गर्दै राजेश चौहानले हिजो निरीक्षण गरेपछि आजदेखि स्कूलहरू खोलिएको छ र नानीहरूलाई पठन पाठनको लागि चाहिने सर-सामानहरू प्रदान गरिएको साथै स्कूल पोशाकको लागि बिहानदेखि प्रत्येक स्कूलमा टेलरहरू आएर नापजोग गरेको बताए। तिनले आजदेखि स्कूलहरू खोलाउन र राहत शिविरमा बसेका नानीहरूलाई स्कूलसम्म पुऱ्याउन-ल्याउनका लागि 3 वटा गाडीको पनि व्यवस्था गरिएको बताएका छन्। प्राकृतिक प्रकोप देखेका नानीहरूका मनोस्थिति ठीक गर्नलाई स्कुलमा शिक्षिकाहरूले रायम्सहरु र नृत्यहरू गराइएको पनि तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *