आजदेखि खोलियो सिङताम चियाबारी

दार्जिलिङ : दार्जिलिङको सिङताम चियाबारी आजदेखि खोलिएपछि चियाश्रमिकहरूमा खुसीको लहर छाएको छ। गत लगभग 26 दिनसम्म सस्पेन्सन रहेको सिङताम चियाबारीबारे हिजो सिलगढी जोइन्ड लेबर कमिश्नरसित सम्पन्न भएको त्रिपक्षीय सभापछि सर्व सहमतिद्वारा नै आजदेखि कमान पुनः सुचारू रूपमा खोलिएको बताइएको छ। सिलगढीमा हिजो सम्पन्न भएको त्रिपक्षीय वार्ताअनुसार सिङताम चियाबारीमा भुक्तान नगरिएको 2 पल्ट 15-को खर्च, 1 महिनाको वेतन, एलटीए अनि पीएफ र बोनस आगामी 12 दिनभित्रमा चियाबारी मालिक पक्षले श्रमिकहरूलाई दिइनेबारे सहमति भएको गोजमुमो (विनय पन्थी) सिङताम चियाबारी श्रमिक संगठनका शाखा अध्यक्ष अनोक तामाङले जानकारी दिएका छन्। हिजोको सभामा विभिन्न श्रमिक संगठनका नेताहरू लगायत मालिक पक्ष अनि श्रम विभागीय अधिकारीमाझ बसेको बैठकमा नै आजदेखि कमान खोल्ने निर्णय लिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *