आजदेखि खोलियो स्कुल-कलेजहरू, विद्यार्थीहरूमा खुसी

सिलगढी : आजदेखि राज्यको सबै स्कुल-कलेजहरू पुनः खोलियो। आज बिहान 10 बजीभन्दा अगावै सिलगढी सहरको विभिन्न स्कुलहरूमा विद्यार्थीहरू आउन शुरू गरेका थिए भने सहरका विभिन्न स्कुलमा विद्यार्थीहरूलाई चकलेट तथा कलम प्रदान गरेर स्वागत जनाइयो। सिलगढीको सबै स्कुलहरूमा सरकारी निर्देशअनुसार कोरोनाको सबै नियमहरू पालन गर्दै क्लास शुरू गरियो। अर्कोतिर, सिलगढी कलेज, सूर्यसेन कलेज लगायत अन्य कलेजहरूमा पनि धेरै संख्यामा विद्यार्थीहरू उपस्थित थिए। लगभग डेढ वर्षपछि आजदेखि स्कुल-कलेजहरू खोलियो। हाल नवौँ श्रेणीदेखि कलेजसम्मका विद्यार्थीहरूको लागि स्कुल-कलेजहरू खोलिएको छ भने आगामी दिनमा परिस्थिति हेरेर अन्य क्लासका विद्यार्थीहरूको लागि पनि क्लास शुरू गरिने बताइएको छ। सिलगढीको सबै स्कुलहरूको धेरै संख्यामा विद्यार्थीहरूको उपस्थिति देखियो। धेरै दिनपछि आजदेखि स्कुल खोलिएकोले विद्यार्थीहरू निक्कै खुसी थिए भने स्कुलका शिक्षक-शिक्षिकाहरू पनि उत्साहित थिए। कोभिड प्रोटोकललाई पालन गर्दै स्कुलमा पठन-पाठन गरिने शिक्षकहरूले बताए। स्कुल खोल्ने सरकारको निर्णयलाई शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूले स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *