आजदेखि खुल्ला रह्यो सिलगढीको रेगुलेटेड मार्केट

सिलगढी : दीर्घदिनदेखिको बन्दपछि अन्ततः आज सिलगढीको रेगुलेटेड मार्केटको सब्जी बजार र फलको आरत खोलिए तापनि माछा बजार बन्द रहेको छ। प्राप्त जानकारीअनुसार गत मंगलबार टास्क फोर्सको एउटा बैठकमा गत 23 जुलाईदेखि रेगुलेटेड मार्केट खोल्ने निर्णय लिएको थियो। तर हिजो राज्यभरिनै लकडाउन पालन गरिएकोले गर्दा उक्त मार्केट खोलिएन। यसैले आजदेखि रेगुलेटेड मार्केट खोलिएको बताइएको छ। सबैले सामाजिक दूरीलाई ध्यानमा राख्दै प्रशासनिक निर्देशअनुसार बजार खोल्ने निर्देश दिएको छ भने निर्देश पालन नगरेको खण्डमा कानुनी कार्वाही गरिने भएको छ। आज प्रथम दिन रेगुलेटेड मार्केटमा बजार गर्न आउने मानिसहरूको निक्कै भीड देखियो। भोलि राज्यभरि नै साप्ताहिक लकडाउनको दोस्रो दिन रहेकोले रेगुलेटेड मार्केट पनि बन्द राखिनेछ। सब्जी एवम् फल मार्केट एसोसिएसनका सचिव शिव कुमारले बताएअनुसार यस्तो परिस्थितिमा सरकारद्वारा लिएको निर्णयलाई आफूले समर्थन जनाउँदै दीर्घदिनदेखि उक्त मार्केट बन्द रहेकोले गर्दा धेरै क्षति भएको तिनले बताए। यसको साथै प्रशासनिक निर्देशको पालन गर्दै मार्केटका व्यवसायीहरूलाई बजार खोल्ने निर्देश दिएको तिनले बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes