आजदेखि माध्यमिक परीक्षा शुरू, युवा तृणमूल कङ्ग्रेसद्वारा परीक्षार्थीहरूलाई शुभकामना

राजगञ्ज : आजदेखि माध्यमिक परीक्षा शुरू भएको छ। युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज माध्यमिक परीक्षार्थीहरूलाई कलम, पानी र फुल प्रदान गरियो। राजगञ्ज ब्लकको बिन्नागढी अञ्चल युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज आमबारी फालाकाटा चिन्तामोहन विद्यालयमा परीक्षा दिन आएका विद्यार्थीहरूलाई कलम, पानी र फुल प्रदान गर्दै शुभकामना दिए। यस विषयमा राजगञ्ज ब्लका युवा तृणमूल अध्यक्ष तुषार कान्ति दत्तले भने, माध्यामिक परीक्षार्थीहरूलाई शुभकामना दिनको लागि युवा तृणमूलको तर्फबाट विद्यार्थीहरूलाई कलम, पानी र फुल प्रदान गरिएको हो। सबैको परीक्षा राम्रो होस् भनेर उक्त पहल गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *