आज एनजेपीदेखि प्रस्थान हुने इलेक्ट्रिक ट्रेन

सिलगढ़ी: सिलगढीको एनजेपी स्टेशनबाट आजदेखि इलेक्ट्रिक ट्रेन परिसेवा शुरू गरिने भएको छ। रेलवे सूत्रले दिएको जानकारी अनुसार इलेक्ट्रिक इञ्जिनको सहायताले शताब्दी एक्सप्रेस हावड़ादेखि एनजेपीको लागि प्रस्थान गर्नेछ भने अर्कोतिर मालदा टाउन पेसेञ्जर ट्रेनले एनजेपीबाट आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्नेछ। पूर्वोत्तर सीमान्त रेलवेका मुख्य जनसम्पर्क अधिकारी शुभानन चन्दले दिएको जानकारी अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार रेलवेले आगामी 13 जनवरीको दिन रेलवे महाप्रबन्धक सञ्जीव आर-को उपस्थितिमा इलेक्ट्रिक ट्रेन परिसेवा शुरू गरिने भए तापनि कतिपय कारणले गर्दा आजदेखि नै यो परिसेवा सुरू गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.