आजदेखि पर्यटकहरूको लागि बङ्गाल सफारी पार्क बन्द

सिलगढी : कोरोना भाइरसको कारणले देशभरि नै साधारण मानिसहरू आतङ्कित भइरहेका छन्। यसै क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको निर्देशअनुसार कोरोना भाइरसको प्रकोपबाट मानिसहरूलाई बचाउनको लागि बङ्गालको विभिन्न भिडभाड रहने ठाउँहरू लगायत सफारी पार्क, चिड़ियाघर आदि बन्द राख्ने निर्णय लिएको छ। मुख्यमन्त्रीले सबै सफारी पार्क प्रबन्धनलाई बन्द राख्ने निर्देश दिएपछि यता सिलगढीको पर्यटन स्थल सालुगढास्थित बङ्गाल सफारी पार्कमा पनि आजदेखि पर्यटकहरूको निम्ति प्रवेश निषेध गरिएको छ। उक्त निषेध आगामी 31 मार्चसम्म जारी रहने सफारी पार्कको प्रवेशद्वारमा नोटिस टाँसिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *