आजदेखि फेरि शुरू भयो द्वारे सरकार शिविर

राजगञ्ज : राज्यभरिमै आजदेखि द्वारे सरकार शिविर शुरू भएको छ। राज्यको विभिन्न ठाउँहरूमा झैँ यता राजगञ्जको श्रीसंघ क्लबको प्राङ्गणमा आज उक्त शिविरको आयोजना गरियो। आज 1 नोभेम्बरदेखि 30 नोभेम्बरसम्म चल्ने उक्त शिविरमा 27 वटा काउन्टरको माध्यमद्वारा साधारण मानिसहरूलाई विभिन्न परिसेवा उपलब्ध गराइनेछ। जमिनको पट्टाको आवेदन, विद्युतको नयाँ कनेक्सन अनि पुरानो बिजुलीको बिल तिर्दा केही छुट पाइने आदि जस्ता नयाँ सुविधाहरू पनि उक्त द्वारे सरकारमार्फत् उपभोक्ताहरूले पाउन सक्नेछन्। यसबाहेक प्रत्येक काउन्टरमा लक्ष्मी भण्डार र स्वास्थ्य साथी कार्डको फारम वितरण, आधार कार्ड, रासन कार्ड, स्टुडेन्ट क्रेडिट कार्ड, एससी, एसटी र ओबीसी सर्टिफिकेट लगायत अन्य विविध सुविधाहरू उपलब्ध गराइएको छ। राजगञ्जका विधायक खगेश्वर राय, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी लगायत अन्यले आज शिविरको निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *