आजदेखि प्लास्टिकको प्रयोग बन्द, खरसाङ नगरपालिकाको पहलमा बजारमा अभियान

खरसाङ (निसं) : आजदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाइएको छ। खरसाङ नगरपालिकाले पहिला नै 1 जुलाईदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाइएको जानकारी गराएको थियो। त्यसैको आधारमा आज खरसाङ नगरपालिकाको पहलमा भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा लगायत सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट अन्तर्गत हेजली कम्पनीको प्रतिनिधिहरूले संयुक्त रूपमा खरसाङ बजारको निरीक्षण गरे।


खरसाङ बजारको दोकानहरूमा पाइएको प्लास्टिकको समानहरूलाई देकानबाट उठाइएको छ भने दोकानतिर पाइएको प्लास्टिकको समानहरू पहिलो दिन भएकोले माफी गरिएको र अब दोकानहरूतिर पुन: प्लास्टिकका समानहरू पाइएको खण्डमा जरिमाना लगाइने अथवा प्रशासनिक रूपमा कार्वाही पनि गरिने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *