आजदेखि पुनः खोलियो राजगञ्जको रङ्टी चियाकमान

राजगञ्ज : तीन महिनादेखि बन्द अवस्थामा रहेको राजगञ्जको रङ्टी चियाकमान र कारखाना आजदेखि पुनः खोलियो। नयाँ वर्षको पहिलो दिन उक्त बन्द अवस्थामा रहेको चियाकमान पुनः खोलिएपछि चियाश्रमिकहरू निक्कै खुशी भएका छन्। उक्त कमानको नयाँ मालिकले चियाश्रमिकहरूको मजदुरी र पुजाको बोनस दिइने बताइएको छ। गत 23 सेप्टेम्बरको दिन मालिकपक्षले उक्त चियाकमान बन्द गरेको साथै तिनीहरूको एक हप्ताको मजदुरी र बोनस पनि दिएको थिएन। गत 13 नोभेम्बरको दिन मालिकपक्षले रङ्टी चिया कारखाना पनि बन्द गरिदिएपछि चियाकमान र कारखानाका 150 जना श्रमिकहरूलाई जीवन धान्न निक्कै असुविधा भइरहेको थियो। तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन (टीडीपीडब्ल्युयु) -का केन्द्रीय कमिटीको संयुक्त महासचिव तपन दे-ले बताएअनुसार उक्त चियाकमानको पुरानो मालिकले कुनै नोटिसबिनै चियाकमान र कारखाना बेचिदिएको थियो। हाल नयाँ मालिक नरेश बन्सलसँग चियाश्रमिकहरूको समस्याहरू एवम् कारखाना खोल्नेबारे विचार-विमर्श गरेपछि मालिक पक्षले उक्त कमान खोलेको तिनले बताए। यसको साथै चियाश्रमिकहरूको बकाया मजदुरी, बोनस र ग्रेच्युटी पनि दिनेबारे मालिक पक्षले सहमति गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *