आजदेखि श्रीमद् भागवत महापुराण शुरू

मिरिक: मिरिकको प्रसिद्ध प्राकृतिक शिवालय धाम महादेवटार धाममा आजदेखि श्रीमद् भागवत महापुराण आरम्भ गरियो। महापुराण आरम्भ गर्न अघि आज बिहान भक्तजनहरूद्वारा एउटा कलश यात्रा पनि निकालिइयो। पुरान आयोजक समिति अनुसार विभिन्न धार्मिक अनुष्ठानको साथमा महापुराण आगामी 1 मईसम्म चल्नेछ। मिरिकको थर्बु चिया बगानको अप्पर डिभिजन अन्तर्गत चिया कमानको माझमा यो महादेवटार धाम सुन्दर अनि एकान्त स्थानमा अवस्थित रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *