आज धनतेरस अनि काग तिहार

आज धनतेरस अनि काग तिहार। हिन्दु धर्म मान्यता अनुसार आजको दिनमा सुन, चाँदी, काँसा आदिको भाँडा बर्तन किनेर माता लक्ष्मी अनि कुबेरको पुजा गरिने प्रचलन रहिआएको छ। आजदेखि नै हामी नेपाली/गोर्खालीहरूले देउसी-भैलो खेलेर हर्ष र उल्लासको साथ रमाईलो गर्दै मनाउने पाँच दिने तिहारको पनि शुरु हुन्छ। अर्थात्, यमपञ्चकको आज प्रथम दिन काग तिहार अनि धनतेरस। आजबाट शुरु हुने यो यमपञ्चकमा क्रमैले भैरव अर्थात् कुकुर तिहार, गाई तिहार अर्थात् लक्ष्मी पूजा, गोवर्धन पूजा अनि चेली माइतीको पवित्र सम्बन्धलाई प्रगाढ बनाउने भाई टीका हर्ष र आनन्द साथ मनाइने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *