आजादी का अमृत महोत्सव-को अवसरमा बीएसएफ-द्वारा फुलबारी हाई स्कुलमा सचेतना कार्यक्रम

राजगञ्ज (निसं): आजादी का अमृत महोत्सव-को अवसरमा सीमा सुरक्षा बल (बीएसएफ) ले फुलबारी हाई स्कुलमा एउटा कार्यक्रमको आयोजना गऱ्यो। आजादी का अमृता महोत्सव-को 75औ वर्षगाँठको अवसरमा हाल देश भरिमैं विभिन्न कार्यक्रम आयोजना भइरहेको छ। यसै अन्तर्गत आज शुक्रवार राधाबाड़ी बीएसएफ-द्वारा फुलबारी हाई स्कुलका विद्यार्थीहरूसित एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा विद्यार्थीहरूलाई सीमा सुरक्षा विषयमा बीएसएफले के-कस्ता भूमिका निर्वाह गर्दछ भन्ने विषयमा विस्तृत जानकारी गराइयो। यसको साथै युवा-युवतीहरूले बीएसएफ-मा कसरी नोकरी पाउन सक्छन् भन्ने बारे जानकारी गराउनको साथै वर्तमान पिँढ़ीलाई नशालु पदार्थहरूको सेवनबाट कसरी टाढा राख्न सकिन्छ भन्ने बारेमा पनि जागरूक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *