आजादीको अमृत महोत्सव अन्तर्गत बाघडुग्रा हवाईअड्डामा देशभक्तिपूर्ण कार्यक्रम

बाघडुग्रा : स्वतन्त्रता दिवसको 75औँ वर्षगाँठको उपलक्ष्यमा एसएसबीको तर्फबाट बाघडुग्रा हवाईअड्डामा देशभक्तिपूर्ण सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। रानीडाङ्गा एसएसबीको 41औँ फ्रन्टियरको पहलमा आजादीको अमृत महोत्सवको अवसरमा एउटा कार्यक्रमको आयोजना गरियो। हर घर तिरंगाकार्यक्रम अन्तर्गत हवाईअड्डा परिसरमा जवानहरूले झण्डा बोकेर देशभक्तिको नारा लगाए। यसपछि हवाईअड्डाका कर्मचारीहरूले हवाईअड्डा भित्रदेखि ट्याक्सी स्ट्यान्डसम्म एउटा र्‍याली पनि निकाले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *