आजादीको अमृत महोत्सव अन्तर्गत साइकल र्‍यालीको आयोजना

सिलगढी : आजादीको अमृत महोत्सवको अंगको रूपमा फ्रन्टियर हेडक्वार्टर सिलगढी, सेक्टर हेडक्वार्टरको रानीडाङ्गा र रानीडाङ्गा एसएसबी 41 नम्बर बटालियनको पहलमा आज साइकल र्‍यालीको आयोजना गरियो। उक्त साइकल र्‍याली रानीडाङ्गा एसएसबी क्याम्पबाट शुरू गरेर सिलगढीको नौकाघाट ब्रिज परिक्रमा गरेपछि पुनः रानीडाङ्गामा पुगेर समापन गरियो। उक्त र्‍यालीको माध्यमद्वारा साधारण मानिसहरूलाई स्वाधीनताको 75 वर्ष पुरा भएको सन्देश दिइयो। एसएसबी डेपुटी इन्स्पेक्टर जेनरल फ्रन्टियर हेडक्वार्टरका डीआईजीले भने, साधारण मानिसहरूलाई स्वतन्त्रताको 75 वर्षको इतिहासबारे जानकारी गराउन देशभरिमै अमृत महोत्सव पालन गरिरहेको छ। यसैको एउटा अंशको रूपमा आज साइकल र्‍यालीको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *