आज माध्यमिक परीक्षाको रिजल्ट

पश्चिम बङ्गालको माध्यमिक परीक्षाको रिजल्ट आज बिहान ठिक 10 बजीदेखि सार्वजनिक गरिएको छ। माध्यमिक बोर्डको वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रिजल्ट हेर्न सक्नेछन्। अर्कोतिर, बोर्ड सूत्रले दिएको जानकारीअनुसार कोरोना महामारीले गर्दा यसपल्टको माध्यमिक परीक्षा नभए तापनि बोर्डले आफ्नै कतिपय नियमहरू अप्नाएर आज परीक्षाको रिजल्ट घोषणा गरेको छ। जसमा सय प्रतिशत सबै विद्यार्थीहरू उत्तीर्ण भएका छन्। 79 जना विद्यार्थीहरूले सबैभन्दा अधिक अङ्क 697 हासिल गरेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *