आजदेखि नेपाल सीमा 3 दिनको लागि बन्द

नक्सलबारी : नेपालमा 13 मईको दिन स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर आजदेखि आगामी 13 मईसम्म भारत नेपाल सीमा सिल रहने भएको छ। नेपालको झापा जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको एउटा विज्ञप्तिअनुसार स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नको लागि भारतसँग सीमा जोडिएको झापा जिल्लाका सम्पूर्ण सीमा नाकाहरू आगामी 13 मई राति 12 बजीसम्म बन्द रहने जनाइएको छ। अर्कोतिर, सीमा बन्द रहेकोले स्थानीय व्यवसायीहरू अनि टोटो चालकहरूले आज बिहानदेखि निक्कै असुविधाको सामना गर्न परिरहेको छ।व्यवसायीहरूको भनाई अनुसार कोरोना पछि फेरि तीनदिन सीमा बन्द भएकोले गर्दा दुवै देशको व्यापारमा धेरै असर पर्नेछ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *