आकाशवाणी खरसाङमा हिन्दी दिवस एवम् पखवाडा समारोह शुरु

खरसाङ (निसं) : आकाशवाणी खरसाङमा हिन्दी दिवस एवम् पखवाडा समारोह शुरु भएको छ। 14 सेप्टेम्बरदेखि शुरु भएर आगामी 30 सेप्टेम्बरसम्म चल्ने हिन्दी पखवाडा दिवसको आज उद्घाटन कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको अध्यक्षता र खरसाङका वरिष्ठ अधिवक्ता निर्मला अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले राखेका थिए। कार्यक्रमलाई ललित सेवाले सञ्चालन गर्दै हिन्दी टंककले पखवाडे समारोहको सबै कार्यक्रमहरू विषयमा जानकारी गराए। प्रमुख अतिथि वरिष्ठ अधिवक्ता निर्मला अग्रवालले हिन्दी भाषाको इतिहास र गरिमाको विषयमा बताए। त्यसरी नै कार्यक्रम सभाध्यक्ष पारसचन्द्र आलेले सबै कर्मचारीहरूलाई हिन्दी पखवाडा समारोहमा उत्साहपूर्ण भाग लिने आग्रह गर्दै हिन्दीलाई राज भाषाको रूपमा प्रयोग गर्ने आह्वान् गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *