आकाशवाणी खरसाङमा समाचार विषयमा दुई दिवसीय कार्यशाला

खरसाङ (निसं): आकाशवाणी खरसाङको समाचार एकांशमा समाचार लेखन, समाचार वाचन समाचारसित सम्बन्धित विषयमा बिहिबारदेखि दुई दिवसीय कार्यशाला शुरू भएको छ। समाचार एकांशको आकस्मिक समाचार वाचक र सम्पादकहरूलाई लिएर शुरू भएको कार्यशालाको पहिलो दिनको पहिलो सत्रमा परिचय साथै स्वागत कार्यक्रम सम्पन्न भयो। समाचार वाचिका उषाकिरण लामाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरू क्रमैले क्लष्टर हेड जितेनकुमार रोय, आरएनयु हेड मानस प्रतिम शर्मा, दिल्लीबाट आएका स्रोत व्यक्ति रनधीर ठाकुर, आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले आदिलाई स्वागत जनाउँदै खदार्पणसहित स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा समाचार लेखन, सम्पादन र वाचन विषयमा कार्यशाला गरिएको थियो। कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, आरएनयु हेड मानस प्रतिम शर्मा, क्लष्टर हेड जितेनकुमार रोय आदिले समाचार विषयमा वक्तव्य राखेका थिए। कार्यशालामा दिल्लीबाट आएका स्रोत व्यक्ति रनधीर ठाकुरले पहिलो दिन समाचार र सामाजिक सञ्जालको प्रयोग विषयमा कार्यशाला गराए। उनले आकाशवाणीको समाचारलाई विभिन्न सामाजिक सञ्जाल माध्यमहरूमा कसरी सेयर गर्न सकिन्छ भन्ने विषयमा जागरूकतामूलक जानकारी गराए। पहिलो दिनको दोस्रो सत्रको कार्यशालामा आकाशवाणी खरसाङको समाचार एकांशका प्रमुख अशोक चौरासियाले समाचार लेखन, वाचन र सम्पादन विषयमा विस्तृत रूपमा जानकारी गराउँदै वक्तव्य राखेका थिए। यस कार्यशालामा आकाशवाणी खरसाङको पूर्व वरिष्ठ उदघोषिका छिरिङ लक्की शेर्पाले समाचार वाचन विषयमा सचेतनामूलक जानकारी गराइन्। उक्त कार्यशाला आज शुक्रबार पनि चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes