आलोक सेनले निर्दलीय उम्मेदवारका रूपमा बुझाए नामाङ्कन पत्र

सिलगढी: जलपाइगढी: डाबग्राम-फुलबारीका भाजपा नेता आलोक सेनले भाजपा पार्टी त्यागेर निर्दलीय प्रार्थीको रूपमा चुनाउमा लड़ने गरेको घोषणा अनुसार आज तिनले आफ्नो नामाङ्कन पत्र बुझाए। आलोक सेनले डाबग्राम-फुलबारी विधानसभा क्षेत्रमा निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लड्ने छन्। आज पत्रकारहरूसितको कुराकानीमा भाजपालाई कटाक्ष कस्दै आलोक सेनले भने, मैले इलाकामा भाजपा गठन गरे तर तृणमूलका समर्थकहरू पार्टीमा सामेल भएर पार्टीलाई नै नष्ट गरिदियो।  यसैले डाबग्राम-फूलबारी आसनबाट निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लड्नेछु। अब भाजपा तृणमूलकै बी टीम बन्न पुगेको छ। आजदेखि शेला शुरू भएको अनि यो खेला आगामी 17 अप्रेलसम्म चल्ने तिनले बताए। स्मरण रहोस, डाबग्राम-फुलबारी क्षेत्रमा तृणमूल कङ्ग्रेस छोड़ेर भाजपामा सामेल भएका शिखा च्याटर्जीलाई उम्मेदवार बनाएकोमा आलोक सेन अनि तिनका समर्थकहरूले क्षोभ प्रकट गरेपछि नै पार्टी छोडेर निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने तिनले पत्रकार सम्मेलन गरेर घोषणा गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *