आलुको बोराले छोपेर गाई-गोरू तस्करी गर्ने प्रयास गरेको आरोपमा 2 जना पक्राउ

जलपाईगढी : एउटा पिकअप भ्यानमा आलुको बोराले छोपेर गाई-गोरू तस्करी गरिरहेको आरोपमा जलपाईगढीको क्रान्ति आउटपोस्ट पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार जलपाईगढी जिल्लाको क्रान्ति आउटपोस्ट पुलिसले सदा झैँ आज पनि रूटिन टहलदारी गरिरहेको समय एउटा पिकअप भ्यानमा आलुको बोराले छोपेर गाई-गोरू तस्करी गरिरहेको गोप्य सुइँको पाएपछि पुलिसले दुईवटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दै आलुको बोरा मुनि अलग्गै च्याम्बर बनाएर गाई-गोरू राखिएको भेट्टाए। पुलिसले उक्त घटनामा दुईवटा पिकअप भ्यानका चालकलाई पक्राउ गरेको छ। जफत गरेको उक्त गाई-गोरू बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको पुलिसले प्राथमिक अनुमान लगाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *