आलुको कालो बजार रोक्न रेगुलेटेड मार्केट तथा चम्पासारी बजारमा अभियान

सिलगढी : आलुको कालो बजार रोक्नको लागि आज रेगुलेटेड मार्केट तथा चम्पासारी बजारमा कृषि विपणन विभाग, रेगुलेटेड मार्केटका अधिकारी तथा डिप्टी मजिस्ट्रेटको नेतृत्वमा संयुक्त अभियान चलाइयो। अभियान अवधि अधिकारीहरूले रेगुलेटेड मार्केटको आलु गद्दीमा गएर त्यहाँका व्यापारीहरूसित कुराकानी गर्नको साथै कागजपत्रको जाँच पनि गरेको बताइएको छ। रेगुलेटेड मार्केटका सचिव अनिल शर्माले बताएअनुसार केही मानिसहरूको अभियोग पाएपछि राज्य सरकारको निर्देशाअनुसार आज रेगुलेटेड मार्केट तथा चम्पासारी बजारमा अभियान चलाएको हो। हाल रेगुलेटेड मार्केटको आलु मन्डीमा आलु 25 रुपियाँ किलोको दरले बिक्री भइरहेको छ भने मार्केटमा खुदरा व्यापारीहरूले 35 देखि 40 प्रति किलो आलु बेचिरहेको तिनले बताए। व्यापारीहरूलाई आलुको स्टक चाँडै खाली गर्ने निर्देश दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *