आमबारी-गजलडोबा टिस्टा क्यानलबाट दुईवटा शव उद्धार

राजगञ्ज : आमबारी-गजलडोबा टिस्टा क्यानलबाट दुईवटा शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार राजगञ्ज ब्लकको आमबारी-गजलडोबा टिस्टा क्यानलको मान्तादारी ग्राम पञ्चायत अन्तर्गत गेटबजारको लक गेटमा दुईवटा मृतदेह तैरिरहेको देखे। ती दुईवटा मृतदेहमध्ये एउटी 32 वर्षीय महिला र एकजना 12 वर्षीय किशोरको रहेको बताइएको छ। घटनाबारे मिलनपल्ली थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर ती दुईवटा मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उद्धार भएको दुईवटा शवको परिचय हालसम्म थाहा लागेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *