आमबारी-गजलडोबा क्यानल रोडमा सडक दुर्घटनामा 1 जना घाइते

राजगञ्ज : आमबारी-गजलडोबा क्यानल रोडको शिमुलगढी इलाकामा सडक दुर्घटनामा परेर एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज साँझ 3 जना व्यक्ति एउटा बाइकमा सवार भएर गजलडोबाबाट फुलबारीतर्फ गइरहेको समय शिमुलगढी इलाकामा बाइक दुर्घटनाग्रस्त हुँदा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। दुर्घटनापछि स्थानीय तथा क्यानल मोड ट्राफिक आउटपोस्ट पुलिसको सहयोगमा घाइते व्यक्तिलाई उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा पठाएको छ। पुलिसले दुर्घटनाग्रस्त बाइकलाई उद्धार गरेर थाना लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *