आमबारी-गजलडोबा सडकमा वाहन र बाइक ठोक्किँदा बाइक चालकको मृत्यु

राजगञ्ज : आमबारी-गजलडोबा सडकको शिमुलगढी संलग्न इलाकामा आज साँझ सडक दुर्घटनामा बाइक चालकको मृत्यु भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा वाहन गजलडोबातर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा बाइकसित ठोक्किँदा घटनास्थलमै बाइक चालकको मृत्यु भएको बताइएको छ। उक्त दुर्घटनापछि वाहन सडक किनारमा रहेको जलाशयमा पल्टिँयो। मृतक बाइक चालकको परिचय जुटाउन सकेको छैन। घटनाको खबर पाएर क्यानलमोड ट्राफिक गार्ड र मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *