आमबारीमा 10 सेप्टेम्बरमा सम्प्रीति कप फुटबल खेलको आयोजना गरिने

राजगञ्ज: राजगञ्ज ब्लकको युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आगामी 10 सेप्टेम्बरको दिन राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको आमबारी चिन्तामोहन उच्च विद्यालयको मैदानमा सम्प्रीति कप फुटबल खेलको आयोजना गरिने भएको छ। आमबारी शक्तिसोपन क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसका सभापति तुषार कान्ति दत्तले भने, आगामी 10 सेप्टेम्बरमा आमबारी चिन्तामोहन उच्च विद्यालयको मैदानमा सम्प्रीति कप फुटबल खेलको आयोजना गरिने भएको छ। उक्त खेलले यस वर्ष 4औँ वर्षमा पाइला टेकेको छ। राजगञ्ज लगायत विभिन्न इलाकाबाट 8 वटा टोलीले अंश ग्रहण गर्नेछन्। उक्त फुटबल कपको माध्यमद्वारा देशभरिका मानिसहरू जाति, धर्म, वर्णदेखि माथि रहेर सौहार्द तथा शान्तिको साथमा बस्ने सन्देश दिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *