आमबारीमा अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस एवम् कुलगुरु कुलशिष्य सम्मेलनको आयोजना

राजगञ्ज : राजवंशी क्षत्रिय समुदायको 111औँ उपनयन दिवसको अवसरमा राजगञ्जमा अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस र कुलगुरु कुलशिष्य सम्मेलनको आयोजना गरियो। उत्तर बंगाल क्षत्रिय राजवंशी कुलगुरु कुलशिष्य एवम् भक्त समाज सेवा संस्थानको जलपाईगढी जिल्ला कमिटीको सञ्चालनमा आमबारी इलाकाको मेहन्दीगछ करतोया नदीको तटमा उक्त उत्सवको आयोजना गरियो। पुजा अर्चनाको माध्यमद्वार आज कार्यक्रमको उद्घाटन गरियो। यस सम्मेलनमा देशका विभिन्न ठाउँहरू लगायत नेपालको प्रतिष्ठित व्यक्ति सामेल थिए। यसबाहेक आज ठाकुर पञ्चानन वर्माको सालिगको पनि उद्घाटन गरियो।  कुलगुरु कुलशिष्य र भक्त समाज सेवा संस्थानको जलपाईगढी जिल्ला कमिटीका अध्यक्ष करुणाकान्त अधिकारीले बताएअनुसार पहिलो चरणमा शिव पुजा, गङ्गा पुजा, शक्ति सन्चारिणी पुजा र राधागोबिन्द पुजा गरियो। दोस्रो चरणमा संगठनको झण्डा उत्तोलन गर्नको साथै ठाकुर पञ्चानन वर्माको तस्विरमा माल्यार्पण गरेर मुख्य कार्यक्रमको शुरुआत गरियो। आज उपनयनको माध्यमद्वारा 2 सयभन्दा अधिक किशोर तथा युवकहरू क्षत्रिय बने। यसपछि राजवंशी समाजमा उपनिषदको आवश्यकता तथा ठाकुर पञ्चाननबारे चर्चा बैठक गरियो। उक्त बैठकमा धेरैजना शीर्ष व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा जलपाईगढीका सांसद जयन्त राय, पूर्व सांसद विजय चन्द्र बर्मन, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, जिल्ला परिषदका को-मेन्टर अहिदर रहमान, जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिक, माझियाली ग्राम पञ्चायत प्रधान खुकुमनी राय, हरदेव अधिकारी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *